वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे) विक्री सम्बन्धी सूचना

नेपाल राष्ट्र बैंकले १२.५ प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे) मिति २०७९ जेठ १८ देखि २०७९ असार ६ (जुन १ देखि २०, २०२२ ) सम्म विक्री खुल्ला गरेको छ। वैदेशिक रोजगारीका क्रममा मुलुक बाहिर रहनुभएका वा वैदेशिक रोजगारीबाट नेपाल फर्कनुभएका नेपाली नागरिकहरु तथा विदेशमा बसोबास गर्नुहुने गैर आवासीय नेपालीहरुले यस बचतपत्रको लागि आवेदन भर्न पाउनुहुनेछ।  ईच्छुकहरुले https://obss.nrb.org.np/saving/  मा राखिएको प्रक्रिया अनुसार उक्त बचतपत्रको लागि अनलाइन आवेदन दिन सक्नुहुनेछ। अनलाइन आवेदन गर्ने तरिका सम्बन्धी जानकारी FESB-Client-End-User-Guide.pdf (nrb.org.np) मार्फत् प्राप्त गर्न सक्नुहुनेछ।