वि.सं:
नेपाल संवत: ११४५ वछलागा चतुर्थी - १९
नमस्ते तथा निहाओ
नेपाली महावाणिज्यदूतावास, छेन्दुको वेबसाइटमा यहाँहरुलाई स्वागत छ। नेपाली महावाणिज्यदूतावास छेन्दु सन् २०२१ मे २४ मा स्थापना भएको हो। यस महावाणिज्यदूतावासको कन्सुलर क्षेत्र सिचुवान प्रदेश, क्वीचो प्रदेश तथा छोङछिङ नगरपालिका रहेको छ। यस महावाणिज्यदूतावासले आफ्नो क्षेत्राधिकार भित्रका स्थानहरुमा पारस्परिक हितका क्षेत्रहरु (व्यापार तथा वाणिज्य, पारवहन, प्रत्यक्ष वैदेशिक लगानी, ऊर्जा, यातायात, पर्यटन तथा जनस्तरको सम्बन्ध) मा द्विपक्षीय सम्बन्धलाई सुदृढीकरण तथा प्रवर्धन गर्ने उद्देश्य रहेको छ।
यस वेबसाइटमा यहाँहरुले यस महावाणिज्यदूतावासको महत्त्वपूर्ण सूचना, समाचार, प्रकाशन तथा प्रेस विज्ञप्ति पाउन सक्नुहुनेछ।
हामीसंग जोडिन वेबसाइटको 'सम्पर्क गर्नुहोस' खण्डमा जानुहोला।